नबिल स्टक डिलर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा असोज २० गते आइतबार रजिष्टर्ड कार्यालय, तिनधारा, दरबारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ । 

सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

यस्तै, शेयरधनीलाई आ.ब २०८०-८१ का लागि ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै, २०८१-८२ का लागि श्री पि.जे.पि.एन एण्ड को.चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।  

नबिल स्टक डिलर लिमिटेड नबिल बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । जसले धितोपत्र व्यापारी अन्तर्गत पूर्ण धितोपत्र दलाल सेवा, निक्षेप सदस्यता सेवा, शेयर प्रत्याभूती सेवा लगायतका अन्य गुणस्तरिय सेवा ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको छ ।